काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पुनलाई टोखा क्षेत्रबाट पक्राउ गरेको स्रोतले जानकारी दियो।
उनी सुन तस्करी काण्डमा संलग्न रहेको तथ्य पटक पटक सार्वजनिक हुँदै आएको छ। शक्तिमा रहेका कारण उनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन दबाब परिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।
चिनियाँ नागरिकसँग सुन तस्करीबारे डिल गरेको भिडियो हालसालै सार्वजनिक भएको थियो।
गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता रहे पनि सिआइवीले छानबिनको दायरामा नल्याएको ठहर पूर्व न्यायाधीश डिल्ली आचार्य संयोजकत्वको छानबिन समिति गरेको छ।
समितिले बिहीबार बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय केहीबेर अघि बसेको मन्त्रिपरिषदले गरेसँगै उनलाई पक्राउ गरिएको हो।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?