काठमाडौं : सेयर बजार परिसूचक नेप्से बुधवार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो ।
बुधवार ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ । कारोकार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ छ । मंगलबार ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ थियो ।
आज ९४ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् भने १४७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?