दमौली : तनहुँको व्यास नगरपालिकाले २२ जनालाई भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम दिएको छ । व्यास नगरपालिकाको आयोजना तथा भवन नियमन तथा घरनक्सा पास शाखाको समन्वयमा डकर्मी तालिम दिइएको हो ।
चैत ४ देखि ८ गते सम्म संचालित ५ दिने डकर्मी तालिममा नगरपालिका भित्रका २२ जना सहभागी भएका थिए । अमृत के. सी, प्रविण कैनी, भगवान जोशी तथा सञ्जय तिमल्सेनाले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरुलाई पुर्व मुल्यांकन हुदै भूकम्प सम्बन्धि आधारभूत जानकारी, घरको आकार प्रकार, निर्माण गुणस्तर र निर्माण सामग्रीको गुणस्तर जस्ता सैदान्तिक कक्षाहरुको बारेमा जानकारी गराइएको थियो । त्यस्तै भवन निर्माणको सैदान्तिक ज्ञान तथा सो सम्बधि अभ्यासको बारेमा जानकारी गराइएको प्राबिधिक अमृत केसीले बताए ।
तालिममा पिलरवाला भवन निर्माणको सैदान्तिक ज्ञान, भवनका मुख्य अंगहरु जग, टाई बिम, पिलर, सिल ब्याण्ड, बिम, स्लाब, भर्यांग जस्ता भागहरुको अभ्यास पनि भएको थियो ।
त्यस्तैगरि रास्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा डकर्मीको भूमिका, भवन निर्माण मापदण्ड तथा नक्सा पास प्रक्रिया जस्ता सैदान्तिक कक्षाहरु पनि सहभागीलाई जानकारी गराइएको थियो । सीप सिकाएर दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुग्ने मेयर बैकुण्ठ न्यौपानेले बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?