काठमाडौं : लगातार चार कारोबार दिन घटेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १०.१४ अंकले बढेर बन्द भएको छ । बजार ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १७.०१ अंकले घटेको थियो ।
गएका चार कारोबार दिन लगातार बजार ओरालो लागेको थियो । गत साताको मंगलबार ६.२४, बुधबार ३.३४, बिहीबार १५.३७ अंकले घटेको थियो ।
आज दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६८ कम्पनीको सेयर मूल्य वृद्धि भयो । ६८ कम्पनीको सेयर मूल्य घट्यो ।
डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ १० पैसाले बढेर ४३० रुपैयाँ १० पैसा कायम भएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?