भेटिइन् धनगढीका मेयर हमालकी छोरी आरती

काठमाडौं : परिवारसँग सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती हमाल सोमबारदेखि सम्पर्कविहीन बनेकी थिइन् । बुधबार हमालले फेसबुकमार्फत् छारी आरती परिवारको सम्पर्कमा आएको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैको खोजीको प्रयासले मेरो मरी जेठी छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्णमा जानकारी गराउँछु । जेठी छोरी, कान्छी छोरी र ज्वाइँसग रहेको जानकारी गराउँछु ।’

उनी कहाँ के कारणले हराइन् भन्नेबारेमा भने हमालले केही खुलाएका छैनन् । मंगलबार उनले छोरी आरती सम्पर्कविहीन भएको भन्दै गोवामा रहेका शुभचिन्तकलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?