डढेलो नियन्त्रणका क्रममा घाइते भएका थप दुई सैनिक जवानको निधन

काठमाडौं : डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ ।

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

अहिले घाइतेमध्ये एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?