मगर विद्यार्थी संघ आदिकविको भित्ते पात्रो विमोचन

दमौली : नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाइले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन गरिएको छ । आज (बिहीबार) व्यास नगरपालिका -१ भादगाउँ स्थित क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा भित्तेपात्रोको विमोचन गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि  चाम थापा मगरले भित्तेपात्रो विमोचन गर्दै रचनात्मक कामहरु गर्दै आएकोमा मगर विद्यार्थी संघ क्याम्पस इकाईलाई धन्यवाद दिए । उनले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा यस विद्यार्थीहरु भविष्य भनेर कामना समेत गरे ।

नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाइका अध्यक्ष सोन आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ ,सदस्य मोहन गिरी, मगर विद्यार्थी संघ केन्द्रीय सदस्य एवं  गण्डकी प्रदेशका संयोजक बुद्ध गर्जा मगर , सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारी, अन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक विशेश्वर तिमिल्सेना, मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष विजय थापा मगर, स्व वि यु सभापति गौरव पन्थ लगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।

कार्यक्रममा कांग्रेस म्याग्दे गाउँपालिकाका नेता विनोद खनाल, द नेक्स्ट एजुकेसन कन्सलटेन्सी प्रालि दमौलीका संचालक सुनिल श्रेष्ठले  विद्यार्थी नेता इन्जिनियर आशिष कैनी, नेविसंघ तनहुँका सदस्य रिम बहादुर आले मगर, पोखरा इन्जिनियरिङ कलेजका अध्यक्ष सन्दिप अधिकारी, क्याम्पसमा दर्ता भएका विभिन्न क्लवका प्रतिनिधिहरुको विद्यार्थीहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?