चितवन : चितवनको कालिका नगरपालिकामा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कालिका नगरपालिका वडा नं १० पाइमाराङमा जेसीवी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं १० निवासी ३६ बर्षीय चालक कृष्ण थापाको मृत्यू भएको भएको हो ।
प्रहरीका अनुसार इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धि तर्फ आउदै गर्दा पाइमारामा बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी दुर्घटनामा परेको हो । दुर्घटनामा पनि चालकको घटना स्थलमै मृत्यू भएको हो ।
पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको चितवन प्रहरीले जानकारी दिएको छ ।
नारायणी अनलाइन








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?