गण्डकीको मुख्य न्यायधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

पोखरा :  गण्डकी प्रदेशको मुख्य न्यायधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् । पहिलो पटक मुख्यमन्त्री हुँदा पनि  सुरेन्द्रराज पाण्डेले शर्मालाई नै मुख्य न्यायधिवक्ता बनाएका थिए ।

शर्मा २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा लमजुङका एमाले नेता कृष्ण अधिकारीले नियुक्त गरेका थिए । खगराज अधिकारीको सरकार ढलेसँगै अधिकारी पदमुक्त भएका हुन् ।

शर्मा गण्डकीका छैठौं मुख्य न्यायधिवक्ता बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?