दमौली : पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक पाँच घण्टापछि खुलेको छ ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
“ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?