पत्रकार महासंघ तनहुँलाई वाटर प्युरिफायर

दमौली : तनहुँको व्यास नगरपालिका–३ सफासडकस्थित जिआर इलेक्ट्रोनिक्सले वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई वाटर प्युरिफायर सहयोग गरेको छ ।

इलेक्ट्रोनिक्सले छैटौ वार्षिकोत्सवको अवसरमा शाखालाई पानी शुद्धिकरणका लागि वाटर प्युरिफायर सहयोग गरेको हो ।

इलेक्ट्रोनिक्सका सञ्चालक गौरव खड्काले मङ्गलबार शाखा अध्यक्ष उज्वल पौडेललाई उक्त प्युरिफायर हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शाखालाई सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?