केदार एमाले केन्द्रीय सदस्य मनोनित

दमौली : नेकपा एमाले तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल केन्द्रीय सदस्य मनोनित भएका छन् ।

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

सिग्देल तनहुँ-२ का निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?