काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसदिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?