उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं : उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?