गगन थापाकाे गुनासाे- सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ

काठमाडौं : सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यमहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे ।

आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उहाँले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गरे ।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए । उनले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गरे ।

महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?