दमौली : पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
बुधवार साँझ करिव साढे पाँच बजे राजमार्ग अबरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।
१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?