बागलुङ जिप दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

पोखरा : बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा जिपमा सवार तीन जनाकाे मृत्यु भएकोमा अन्य दुई जनाकाे सनाखत भइसकेकाे छैन ।

‘पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएकाे पुष्टि भएकाे छ । अरु दुई जनाको सनाखत भइसकेको छैन,’ बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भने ।

रा १ झ २०० नम्बरको सरकारी जिप आज बिहान गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढासहित केही कर्मचारीहरू सवार रहेका बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?