काेशीका मुख्यमन्त्रीले बुधबार विशवासकाे मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २ असोजमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

कार्की माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए । १४ भदाैमा मा‌ओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद हुँदा सत्ता साझेदार दल नेपाली कांग्रेसका २९ जना रहेका छन् ।

त्यस्तै: विपक्षी दलहरू माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक ३१ वैशाखमा विश्वासको मत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?