हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

काठमाडौं : हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागले तिलगंगा तिलगंगाकाे श्री शारदा माध्यमिक विद्यालयमा प्रारम्भिक वर्ग सम्पन्न भएको छ।

यही असाेज १७ बाट सुरु भएको प्रारम्भिक वर्ग संघका राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिनाको विशेष उपस्थितिमा सम्पन्न भएको संघ काठमाडौं सम्भागले जनाएको छ ।

वर्गमा वर्गाधिकारी तेजनाथ निरौला, राष्ट्रिय कार्यवाह मुरली प्रसाद निरौला, विभाग संघचालक ऋषि ढुङ्गाना, वर्ग सर्वव्यवस्था प्रमुख एवं विभाग कार्यवाह रामशरण सापकोटा, स्थानीय समाजसेवी एवं योग गुरु कुशल कार्की, मध्य जिल्ला कार्यवाह महेश सिंह, सेवा प्रमुख प्रसाद पौडेल, ललितपुर जिल्ला कार्यवाह लालबहादुर चौधरी, मुख्य शिक्षक पदम बिष्ट लगायत १६ जना व्यवस्था शिक्षक र ६० जना शिक्षार्थीहरूको सहभागितामा उक्त वर्ग सम्पन्न भएको छ ।

चार दिने वर्गमा विद्यार्थीहरूलाई बाैद्विक विकास, शारीरिक व्यायाम, याेग अभ्यास, धर्म संस्कृतिकाे ज्ञान मूल्यमान्यता जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरिएको थियोे । संघले देशभर यश समय युवा विद्यार्थी एवं बालबालिकाहरूलाई उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

संघले नयाँ पुस्तालाई वैदिक दर्शन, विचार मूल्यमान्यता, हिन्दूत्व विचार र जीवन पद्धति सिकाउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?