इजरायलको आक्रमणमा गाजामा थप ८१ जना मारिए

इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र, गाजा सहर कब्जा गर्नको लागि आफ्नो योजनाबद्ध आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ । त्यहाँ झन्डै १० लाख मानिस सङ्कटपूर्ण परिस्थितिमा रहेका अल जजिराले जनाएको छ ।

आज मात्रै तीन जना प्यालेस्टिनी नागरिकको भोकमरीका कारण ज्यान गएको छ । योसँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ६९ पुगेको छ, जसमा एक सय १२ जना बालबालिका पनि छन् ।

इजरायली आक्रमणमा दक्षिणी गाजामा विस्थापित प्यालेस्टिनीहरू बसोबास गरेको टेन्टमा गरिएको हवाई आक्रमणमा तीन जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?