बालेन शाहले शुक्रवार दिउँसाे १२ बजेर ३४ मिनेटकाे साइतमा प्रधानमन्त्रीकाे शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।

शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण र त्यही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारमा कार्यभार सम्हाल्ने साइत तय भएको हो । शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम रहेको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डौ महानगरपालिकाको मेयर जितेका शाह चुनावअघि मात्रै प्रधानमन्त्रीको दाबेदारसहित पार्टीको वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गरेका थिए  ।

फागुन २१ गते भएको चुनावमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेको छ । अब रास्वपाले एकल सरकार बनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?