तनहुँमा थपिए ७७ कोरोना सङ्क्रमित

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ ।आईतबार मात्र तनहुँमा ७७ जनामा कोरोना पुष्टि भएको छ ।

एकैदिन ७७ जनामा  कोरोना संक्रमित थपिएको आहिलेसम्मकै उच्च  संख्या हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा शुक्लागण्डकी नगरपालिकामा ४४, व्यास नगरपालिकामा २५, बन्दीपुर गाउँपालिकामा ५ , घिरिङ गाउँपालिकामा १ , म्याग्दे गाउँपालिकामा १  र भानु नगरपालिकामा १  जना सङ्क्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?