भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुल मर्निङ ग्रुप द्वारा चेपाङ समुदायका विद्यार्थीलाई सहयोग

दमौली :  तनहुँ जिल्लाको व्यास नगरपालिका वडा-११ मा रहेका अमरसिंह मावि मा अध्ययन गर्ने चेपाङ समुदायका २९  जना विद्यार्थीलाई  झोला, जुत्ता र मोजा सहयोग गरिएको छ ।

भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुल मर्निङ ग्रुप द्वारा व्यास -११   मा रहेको  अमरसिंह मावि अध्ययनरत २९ जनाचेपाङ समुदायका विद्यार्थीहरुलाई  सहयोग गरेको ग्रुपका सदस्य बालकृष्ण आलेले जानकारी दिए  ।

ग्रुपका सदस्य आलेले आफू पनि दुःख गरेर पढेको कारणले गर्दा  सहयोग गर्ने मन लागेको बताए । भाई बाहिनीलाई देखेर आफ्नो सानो उमेरको याद आइरहेको छ उन भने  ।

आर्थिक रुपले पिछडिएका एवम्  चेपाङ समुदायका विद्यार्थीहरुलाई झोला, जुत्ता र मोजावितरण गरेकोमा सहयोगी हातहरु प्रति विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्लेले धन्यवाद दिएका थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सस्थाका सदस्यहरु, विद्यार्थीहरु लगायत शिक्षकहरुको  उपस्थित रहेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?