तनहुँमा एक लाख ११ हजार नगदसहित ९ जुवाडे पक्राउ

तनहुँमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–७ स्थित फनबहादुर गुरुङको घरमा शनिबार जुवा खेलिरहेको अवस्थामा १ लाख ११ हजार ५ सय ५५  नगदसहित ९ जनालाई पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?