दमौलीमा २ दिने डिजिटल मिडिया तालिम सम्पन्न

दमौली : तनहुँको दमौलीमा क्रियाशिल पत्रकारहरुलाई डिजिटल मिडिया सञ्चालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । तालिम राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको आयोजनामा गरिएको थियो ।२ दिने  सो तालिम आज  सम्पन्न गरेको हो । 
तालिमको पहिलो दिन पत्रकार बसन्त कंडेलले आधारभूत पत्रकारिता र समाचार लेखनका विषयमा प्रशिक्षण दिएका थिए। त्यस्तै तालिमका अर्का प्रशिक्षण विजय कुमालले अनलाईन पोर्टल सञ्चालन गर्ने, होस्टिड, डोमेन दर्ता लगायत सामाजिक सञ्जाल सञ्चालनका विषयमा सहजीकरण गरेको राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण विकेले जानकारी दिए ।
जिल्लास्थित पत्रकारहरुको डिजिटल मिडिया सम्बन्धि क्षमता अभिवृद्धी गराउने उदेश्यले तालिम सञ्चालन गरिएको तालिमका संयोजक एवं संस्थाका अध्यक्ष सानेबहादुर नेपालीले जानकारी दिए । तालिममा तनहुँका विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो  ।
तालिमका लागि तनहुँका १० वटा स्थानीय तहले आर्थिक सहयोग गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?