दमौली : साउन १५ गते आइतबार देखि यातायात ब्यवस्था कार्यालय डुम्रेले सवारी चालक अनुमति पत्र नविकरण गर्ने भएको छ ।
यातायात ब्यवस्था कार्यालय डुमेका निमित्त प्रमुख विष्णु बहादुर क्षेत्रीले साउन १५ गते आइतबारबाट नविकरणको काम सुरु गर्ने बताए ।
अन्य प्रदेशबाट प्रदेशबाट सवारी चालक अनुमति पत्र लिएको भएपनि गण्डकी प्रदेशको स्थायी बासिन्दाको मात्र नविकरणको काम गर्न सकिने कार्यालयले जनाएको छ ।
कागजी लाइसेन्सको हकमा स्मार्ट लाइससेन्स रुपान्तरण भएको मात्र नविकरण हुने कार्यालयले जनाएको छ ।
नविकरण गर्न आउदा सक्कल अनुमति पत्रसँगै नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने समेत कार्यालयले जनाएको छ ।
यस क्षेत्रका मानिसहरुलाई सवारी चालक अनुमति पत्र नविकरणका लागि पोखरा लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?