सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई म्याग्देले सम्मान गर्ने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने घोषणा गरेको छ ।

गाउँपालिकाको १२ औ गाउँसभाको बैठकले र सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेतमा उल्लेख भए अनुसार पालिका भित्र रहेका सबै प्राकृतिक सामाजिक सुरक्षा भत्ता पाउने योग्यता पुगेका तथा पाइरहेका व्यक्तिहरु मध्ये जोकोहिले पनि स्वैच्छिक रुपमा भत्ता नलिने स्वघोषणा गर्नेलाई गाउँपालिकाले सम्मान गर्ने  जनाएको छ ।

यसअघि नेपाल सरकारको तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षाको दायरा बढाएपनि त्यस्तो सामाजिक सुरक्षा नलिन स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने बताएका थिए ।

सरकारले ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिने गरिएकोमा आर्थिक बर्ष ०७९/८० देखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?