व्यासद्वारा प्रहरी कार्यालयलाई विट हस्तान्तरण

व्यास नगरपालिकाद्वारा व्यास  -४ पृथ्वी राजमार्ग स्थित भोर्लेटार चोकमा  निर्माण गरिएको  प्रहरी विट जिल्ला प्रहरी कार्यालयलाई आइतबार हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरि प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेललाई प्रहरी विटको चाबि हस्तान्तरण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा व्यास नगरपालिका प्रहरीको साथमा रहेको बताए ।

नागरीक स्तरका निकाय र सुरक्षा निकाय एकसाथ मिलेर सहकार्य गरेमा समाजमा शान्ति सुरक्षा कायम गर्न सफलता मिल्ने नगर प्रमुख न्यौपानेले बताए  । प्रहरि उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापन, प्रहरी भवन निर्माण सि.सि.टि.भि मर्मत लगायतका धेरै विषयमा व्यास नगरपालिकाको उल्लेख्य सहयोग रहेको चर्चा गर्दै आगामि दिनमा यस्ता सहयोगको निरन्तरता दिन अनुरोध गरे  ।

व्यास नगरपालिकाको करिब १ लाख रुपैयाँको लागतमा उक्त प्रहरि विट निर्माण गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?