सुखौरा फाँटमा असार १५ को मनोरञ्जन

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

बि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो  ।हरेक वर्ष असार १५ गते मनाइने धान दिवस मंगलबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका सिमानामा पर्ने तनहुँ जिल्लाकै  ठुलो फाँट   सुखौरा खेतमा असार १५ मनाइयो  ।

यो मध्य गर्मीको  समयमा  युवा  र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ । असारे भाका ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?