मनसुन अझै सक्रिय, शनिबारसम्म भारी वर्षा हुने

काठमाडौं : हाल देशभर सामान्य बदली रही काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साथै नदी र खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तै भोलि शुक्रबार र शनिबार पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?