छिर्कनेमा बस दुर्घटना हुँदा ७ जना घाइते

दमौली : तनहुँको व्यासनगरपालिका –१२ छिर्कनेमा बस दुर्घटना हुदा सात जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग सडक खण्डमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४५५८ न. को यात्रुबाहक बस आफै अनियन्त्रीत भई सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बसमा सवार ७ जना व्यक्तीहरु घाइते भएकोमा निजहरुलाई उद्दार गरी उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?