भोलि सार्वजनिक बिदा दिने म्याग्देको निर्णय

दमौली : ‘२८औं विश्व आदिवासी दिवस’ अवसरमा तनहुँको म्याग्दे गाउँपालिका  भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको साउन २३ गते आजको निर्णयले आदिवासी अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका अवसरमा पालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने  प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?