दमौली : आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।
आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा दमौलीसहित देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो। दमौलीमा बिहान साढे ११ बजे अनसन चौतारी बाट र्याली निकालिँदैछ।
विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको दिवस मूल आयोजक समितिले जनाएको छ ।
आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइने बताएको छ।
आज मनाइने सो दिवसका लागि तनहुँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?