अविरल वर्षको कारण बन्दिपुर गाउँपालिकका विभिन्न वडा तथा गाउँबस्तीमा उच्च जोखिम बढेको छ ।
बन्दिपुर गाउँपालिकका २ खहरेमा ५ घर , धारापानीमा ५ घर , हलथुम्कामा ३ घर, बसपार्क क्षेत्रका ३ घर जोखिममा परेको छन् ।
मुच्चुक, पौवा, पिपलथोक, गुर्दुममा बस्ति तथा उक्त गाउँ नै अति जोखिमा रहेको स्थानिय सुदिन पौडेल दमौली अनलाइन लाइ जानकारी दिए ।
उनका अनुसार गाउँपालिकका अधिकांस घरहरु जोखिममा परेसंगै ढाडखोलामा पर्ने पक्कि सडकहरु भत्कियर क्षेत-बिक्षेत भएको छ भने धेरै ठाउँमा बाढीका कारणले गर्दा खेतमा पाकेका धान र मकैलाई समेत क्षति पुर्याएको बताए ।
यसैगरि गाउँपालिकमा पहिरोले अधिकाँशा बिजुलिका पोलहरु ढलेका छन् भने बिधुत र संचारमा समेत अस्त ब्यस्त बनाएको छ।
यो बिपतको बेलामा स्थानिय सरकार, प्रदेस सरकार र केन्द्रीय सरकार तथा सहयोगि संघसंस्था हरुलाई राहात र सहयोगका लागि स्थानियवासीहरुले अपिल गरेका समेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?