अभियान लघुवित्तको आईपीओ बाँडफाँट, यी ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ

अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ।अब आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न मिल्ने क्यापिटलले जनाएको छ । आइपीओ नतिजा ४ तरिकाबाट हेर्न सकिनेछ ।

नतिजा सार्वजनिक भएपछि बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र अभियान लघुवित्त कम्पनीको वेबसाइट https://www.aviyanlaghubitta.com बाट हेर्न सकिने छ ।

आइपीओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?