नेविसं द्वारा आदिकवि भानुभक्त क्याम्पसलाई १५ बुँदे माग सहित ज्ञापन पत्र

दमौली :  तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा रहेको नेपाल बिद्यार्थी संघले आइतबार ज्ञापन पत्र बुझाएका छन् । क्याम्पसमा भएका विभिन्न समस्या सुधारका लागी विद्यार्थीहरूले १५ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा शैक्षिक गुणस्तर र नयाँ शैक्षिक कार्यक्रम संचालन गर्नु पर्ने , क्याम्पस भित्र बिभिन्न समस्या समाधान गर्नु पर्ने, क्याम्पस प्राबिधिक शिक्षा( इन्जीनियर ) बिषय संचालन गर्नु पर्ने हरेक कक्षमा हाजिरी व्यवस्था गर्नु पर्ने, अन्तरिक परीक्षा समय र नियमित गर्नु पर्ने , इ -पुस्तकालयको व्यवस्था गराउनु पर्ने उल्लेख गरीएको छ ।

साथै ज्ञापन पत्रमा क्याम्पस प्रयोगशाल र कक्षाकोठमा कम्प्युटर थप र मर्मत गरि गुणस्तरिय सेवा दिनुपर्ने , गरिब तथा जेहेन्दार छात्रावृद्धिलाई  प्रभावकारी रुपमा संचालन गर्नेपर्ने, अध्ययन भ्रमण नियमित हुनुपर्ने ,कक्षा कोठाको नियमित सरसफाई हुनुपर्ने प्राध्यापक प्रशासन र विद्यार्थीको बिचमा आत्मीय एवं प्रभावकारी सम्बन्ध बनाउनु पर्ने, चमेना गृह थप व्यवस्थापान , बि.आई .सि.टि.ई . बि.बि.ए . लागायत सम्रपूर्ण संकायका नियमित प्रयोगात्म हुनुपर्ने र  सूचना प्रवाहमा नियमित र इन्टरनेटको व्यवस्था गर्नु पर्ने लगायत माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र कार्यक्रममा नेबिस क्याम्पस कमिटी अध्यक्ष सुदर्शन पोख्रेल , सचिव गौरब पन्थ लगाएत अन्य विद्यार्थी हरुको सहभागी थिए ।

ज्ञापनपत्र बुझदै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीका माग तत्काल समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?