
काठमाडौं : साताको पाँचो कारोबार दिन बिहीबार आज सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।
सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो ।
बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ ।
नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?