व्यास नगरपालिका वडा न. १४ पहिरोले ठुलो क्षेति

अविरल वर्षसंगै आएको पहिरोले व्यास नगरपालिका वडा न. १४ का विभिन्न स्थानमा ठुलो क्षेति पुर्याएको छ ।

पहिरोको कारण वडा न. १४  मा रुम्सी र हर्कपुरका  केहि घरहरु उच्च जोखिममा परेको छ भने  सुखौरा मोटर मार्ग अन्तर्गत विभिन्न ठाउमा बाढीपहिरोले क्षति पुराएको वडा अध्यक्ष काजीमान श्रेष्ठले दमौली अनलाइनलाई जानकारी दिए । उनका अनुसार सडक खण्डमा क्षति पुराएकाले  यातायातमा पुर्ण रूपमा ठप्प भएको र  बैकल्पिक मार्ग समेत भत्किएको बताए  ।

पहिरोले खानेपानीमा ठूलो असर 

व्यास १४ कुलृुङ र आसपासमा खानेपानी वितरण गरिरहेको कुलुङ लिफ्ट खानेपानीमा पहिरोले ठुलो क्षति पु¥याउँदा स्थानीय पीउने पानीको अभाव भोगिरहेका छन् । पहिरोले खानेपानी ट्यान्की पुरिनुको साथै  लिफ्ट गर्ने पाईपहरु समेत बगाएका छन । उनले भने,‘मर्मतका लागि काम थाल्नुपर्ने छ तर सानो बजेटले मर्मत नहुने भन्दै उनले सहयोगको अपेक्षा गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सो आयोजना निर्माण गरेको थियो । तेस्तै सोही वडाको ठिन मा पनि खानेपानी ठुलो क्षेती पुर्यएको छ ।पानी जम्मा गर्ने ५ हजार लिटरको २ वटा र १ हजार लिटरको २ वटा ट्यान्कीलाई समेत क्षेती पुर्यएको छ । बर्ष र पहिरोकै कारण व्यास १४ को खानेपानीको आयोजनालाई करोडौं नोक्सानी पुर्याएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?