सिन्धुपाल्चोक : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ को शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । शारदा विद्यालयमा शैक्षिक सामग्री गरेको छ। आइतबार विद्यालयको प्राङ्गणमा समारोहको आयोजना गरि सेवा कार्य अन्तर्गत कक्षा, ११ र १२ मा ३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स, जमेक्ट्री बक्स, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
परिषद्ले प्रति विद्यार्थी १ थान झोल, १ थान टोकी, १ थान र्यापिड इङ्लिस बुक, ५ थान अभ्यास पुस्तिका प्रदान गरेको छ । त्यस्तै विज्ञान तथा कक्षा १० को लागि इन्स्ट्रमेन्ट बक्स र विद्यालयको प्रयोजनको लागि ५ थान शब्दकोश समेत हस्तान्तरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले दातृनिकायको काम अनुकरणीय भएको र आफ्नो कार्यकालमा नगरले शिक्षा क्षेत्रमा दिनुपर्ने सबै सुविधा र काम–कारबाही सुरु भइसकेको बताए ।
विद्यालयको प्रधानाध्यापक नीलप्रसाद सुवेदीले शैक्षिक सामग्री सहयोग गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद्लाई धन्यवाद ब्यक्त गर्दै यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुबैलाई सकरात्मक प्रभाव पर्ने बताए ।
उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा संगठन नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज, बाह्रबिसे नगर प्रमुख बालकृष्ण, शारदा विद्यालयका प्राचार्य नीलप्रसाद, ४ नम्बर वाडाध्यक्ष बहादुर भण्डारी भण्डारी सुरेन्द्र भट्टराई इकाई समिति सह सचिव निरन्जन पाठक लगायतको उपस्थित रहेको थियो ।
परिषद्ले सिन्धुपाल्चोक ,रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा, कपी, रेपिडेक्स, जमेक्ट्री, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्ने विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने दिए।
२०५२ सालमा स्थापना देशका ७७ जिल्लाका शिक्षण संस्था, माध्यमिक (कक्षा र १२) क्याम्पस तथा कार्य परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई गर्दै व्यक्ति माध्यमबाट राष्ट्रलाई वैभवको स्थितिमा लक्ष्य छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?