दमौली : तनहुँको व्यास नगरपालिका वडा नं १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राज्ञिक लेख तथा प्रतिवेदन लेखन कार्यशाला गोष्ठी आइतवार सम्पन्न भएको छ । क्याम्पसको शोध तथा अनुसन्धान समितिको आयोजनामा भएको उक्त दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन पूर्व क्याम्पस प्रमुख एवं व्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए ।
उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पसको सेवा आयोगका संयोजक एवं व्यास न पा वडा नं। १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले र क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा आर्थिक समितिका संयोजक बाबुराम बगाले, पुस्तकालय समितिका संयोजक मोहन गिरी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम शोध तथा अनुसन्धान समिति संयोजक सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गोष्ठीको पहिलो दिन शनिवार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका एशोसियट प्रोफेसर डा. ध्रुवलाल पाण्डे र दोश्रो दिन आइतवार काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्रा.डा. लक्ष्मण ज्ञावलीले सहजीकरण गरेको थियो ।
उक्त गोष्ठीमा अदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक र कर्मचारीहरु ६० जना र आबुखैरेनी क्याम्पस, तनहुँ शारदा क्याम्पस, पुर्कोट कालिका क्याम्पस , बन्दीपुर क्याम्पस, जनज्योति क्याम्पस, पुष्पलता जनएकता क्याम्पस लगायतका क्याम्पसका प्राध्यापकहरु १० जना गरि ७० जनाको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?