त्रिभुवन क्याम्पस मानेचौकामा अब एमएडको पढाइ हुने

दमौली : तनहुँको भानु नगपालिका– ११ स्थित  त्रिभुवन क्याम्पस मानेचौकामा अब स्नातकोत्तरको पढाइ हुने भएको छ । मंगलबार  त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्वबिद्यालयबाट शिक्षा शास्त्र संकाय स्नातकोत्तर एमएडको सम्बन्धन प्राप्त गरेको हो ।

नगरपालिकामै पहिलो पटक सम्बन्धन प्राप्त गरेको क्याम्पसलाई पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर. गुरुङलाई संयुक्त रुपमा सम्वन्धनको प्रमाणपत्र प्रदान गरेका छन् ।
सोही अवसरमा भानु–११ का वडा अध्यक्ष बिमलराज जोशी, क्यापस प्रमुख रबिन्दराज जोशी र क्यापस समिति सदस्य रामकृष्ण ढकालको पनि सहभागीता रहेको थियो ।

गाउँठाउँमै उच्च शिक्षाको पढाइ हुने भएपछि स्थानीय खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?