राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “चौथो राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
नेपाल मगर पत्रकार संघ, कास्कीको शुक्रबार सम्पन्न बैठकले संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरेको हो । छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्कबहादुर आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका कास्की अध्यक्ष रूद्रबहादुर थापामगर रहेका छन ।
अध्यक्ष आलेमगरले दमौली आनलाईनसंग कुरा गर्दै बेदव्यासको जन्मभुमि तनहुबाट उत्पत्ति भएको मौलिक कौरा मगर जातिको मात्र नभई राष्ट्रको संकृतिका रुपमा छुट्टै पहिचान बोकेको छ र राष्ट्रिय मौलिक कौरालाई संरक्षण,उत्थान र प्रबर्द्धन गर्न तनहुमा मात्र नभई गण्डकी प्रदेशको राजधानी पोखरमा पनि पत्रकारहरुलाई परिचालन गरिसकेको बताए ।
प्रतिभा छनौट समितिले मगर जातिको मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनका लागि पत्रकारितामार्फत् योगदान दिने एक जना मगर पत्रकारलाई छनौट गरी पुरस्कारका लागि सिफारिस गर्नेछ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस जेठ १५ गते पुरस्कार प्रदान गरिने भएपनि कोभिड-१९ महामारीको विषम परिस्थितिले मिति पछाडि सारिएको संरक्षण समितिका अध्यक्ष आलेमगरले जानकारी दिए । परिस्थिति सहज भएपछि पुरस्कार प्रदान गर्नेछौं कार्यक्रमको मिति भने केही दिनमा निश्चित गरिने समेत बताए ।
यसअघि, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर यस पुरस्कारबाट पुरस्कृत भइसकेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?