तनहुँ । आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँद्वारा आयोजित सांस्कृतिक महोत्सवमा आज चर्चित आधुनिक गायक दुर्गेश थापाले प्रस्तुति दिने भएका छन् ।
आफ्नो प्रस्तुतीका लागि गायक थापा आज हेलिकप्टरमार्फत दमौली आउने महोत्सवका मूल संयोजक सनम तामाङले जानकारी दिए ।
महोत्सवमा दुर्गेश थापासँगै सञ्जीव सिंह राना र सुष्मा शाही ठकुरीको पनि सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आजको कार्यक्रम दर्शकका लागि विशेष आकर्षणका रूपमा रहने अपेक्षा गरिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?