विजय र वर्षाको ‘मालती मंगले’ बैशाख २५ मा रिलिज हुने

काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

शनिबार निर्माण पक्षले भ्यालेनटाइन डे (प्रणय दिवस) को अवसर पारेर फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउत रोमान्टिक मुद्रामा देखिएका छन् ।

फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बताइएको छ । पोस्टर हेर्दा फिल्म ग्रामीण प्रेमकथाको पृष्ठभूमिमा बनेको आकलन गर्न सकिन्छ ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको रहेको छ ।

रानी फिल्म्स र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?