काठमाडौं : दुई दिन ५ अंकले बढेको नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ। बिहीबार बजार १८.३० अंकले घटेको छ। आज नेप्से ०.८९ अंकले घटेर २०३९.५४ बिन्दुमा पुगेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ। बुधबार १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६४ रुपैयाँ ४० पैसा कायम भएको छ।त्यस्तै, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ८.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा मैलुङ खोला जलविद्युत रहेको छ। कम्पनीको सेयर मूल्य ५.८२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४६९ रुपैयाँमा झरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?