घरभित्र सुतिरहेका आमा छोरामाथि चितुवाको आक्रमण

दमौली : तनहुँको व्यास नगरपालिका– ११ पातीघारीमा चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका– ११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेका छन् ।

सोमबार बिहान साँडे बाह्र बजेतिर घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरु अनुसार नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेको थियो ।  छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरको जनाएको छ ।

उनीहरुको दमौली अस्पतालमा उपचार गरिएको थियो । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?