पोखराको रानीपौवामा ईकमर्स साथी खुल्ने

पोखरा : डिजिटल मिडिया सम्वन्धित विभिन्न गतिविधि गर्ने उद्येश्य सहित पोखराको रानीपौवामा (नेपाल टेलीकमसँगै ) ईकमर्स साथी खुल्ने भएको छ । नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग अभ्यस्त गराउन ईकमर्श साथी खोल्न लागिएको प्रा.लि का संचालक द्वय विजय कुमाल र ममता शाहले जानकारी दिए ।

ईकमर्स साथीले विभिन्न डिजिटल सम्वन्धि काम गर्नेछ । वेभसाईट डिजाईन,सोसल मिडिया म्यानेजमेन्ट, मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, ग्राफिक डिजाईन, ट्रेनिंङ्ग को काम गर्दछ । जसले गर्दा दैनिकी जीवनमा सहज, व्यवसायिक र प्रविधि सँग अभ्यस्त हुन सहज गराउने अर्की संचालिका ममता शाहले वताए ।

व्यापार प्रर्वधन होस वा दैनिकी जीवन अव डिजिटल प्रणाली नै एकमात्र विकल्प हो । डिजिटल प्रविधिको यो युगमा डिजिटल सम्वन्धि सम्पुर्ण सेवाक साथसाथै तालिम पनी दिईने संस्थाले जनाएको छ ।

यसैगरि ईकमर्स प्रा.लि ले डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन आदि तालिम समेत दिईने संस्थाले जनाएको छ ।

संस्थाले शुभारम्भ यहि भाद्र २२ गते रहेको हुनाले यस शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३०% प्रतिशत विशेष छुट दिने संस्थाले जनाएको छ ।

भौतिक तथा अनलाईन वाट सेवा र तालीम दिने व्यवस्था मिलाईएको हुदाँ जुनसुकै स्थानवाट पनि तालिम र सेवा लिन सकिने समेत संस्थाले जनाएको छ ।

विशेष गरि अवको युवा पुस्ता कुनै न कुनै माध्यामवाट डिजिटल प्रविधीमा जोडिएको हुदाँ त्यसको सफल प्रयोगले व्यवसायिक तथा आर्थिक रुपले सक्षम वन्न सकिन्छ । जसले गर्दा यसको अनिवार्यता झन वढेको छ ।

डिजिटल प्रविधिीको प्रयोग विना अव जीवन सहज छैन, यसको सकारात्मक प्रयोगले जीवन उच्चतम वनाउन सकिन्छ । प्रविधि मनोरन्जन मात्र नभई व्यवसाय पनि हो । यसको महत्व दर्शाउन हामीले शुरुवात गरेका हौ, अध्यक्ष कुमालले वताए ।

युुवा व्यवसायी विजय कुुमाल र ममता शाहको लगानी रहेको उक्त प्रा.लि पोखराको रानीपौवामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?