व्यास-१ र १३ जोड्ने छाब्दी खोलामा बन्ने भयो बेलिब्रिज

व्यास-१ र १३ जोड्ने सिमानामा रहेको छाब्दीखोला भएको स्थानमा बेलिब्रिज निर्माण हुने भएको छ l बेलिब्रिज निर्माणको लागि प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो l अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल असार १७ गते बिहिबार  बढीले बगाएको थियो ।पुल बगाएसँगै सवारी र स्थानीयवासीलाई ओहोरदोहोर गर्न  समस्या भईरहेको  छ।

बेलिब्रिज निर्माणको लागि सहविर उचाई को अध्यक्षतामा नौ सदस्य रहने गरि गठन गरेको छ भने पाँच सदस्य निर्माण कार्यको अनुगमन स्थानीय जना प्रतिनीधि  रहनेगरि गठन भएको हो l

पुलको कुल लागत छयालीस लाख सैतिस हजार पाँच सय पच्चीस रुपैया एकसी पैसामा निर्माण हुने उक्त पुल निर्माण कार्य समितिको समेत लागत रहने छ l

पुल निर्माण कार्यको लागि सबै प्रक्रिया पुरा भईसकेको छ, स्थानीय निकाय तथा पुर्बधार बिकासमा समेत  सझौता भईसकेको र  बेलिब्रिजको लागि प्राबिधिक टोलीले सर्बे समेत गरि सकिसकेको अध्यक्षले बताए   l एक/ दुई भित्र पुलको काम थाल्नेछ भने  काम द्रूत गतिमा अगाडी बढ्नेछ , बेलिब्रिजको काम ढिलोमा  साउन मसान्त भित्र सकिने निर्माण कार्य समितिले लक्ष्य राखेको समेत बताए  l बुद्सि राजमार्गमा पर्ने यो पुल हाल बेलिब्रिज राखिने छ l  दीर्घकालीनको रुपमा यसले ठुलो सवारी साधन धन्न कठिन हुने भएकाले पक्कि पुलको  निर्माण गर्ने स्थानीय सरकार तथा जनप्रतिनिधि जोड रहेको छ l

तत्काल आवतजावतको लागि अस्थाई पुल नगरपालिकाले निर्माण गर्ने 

पुल भत्किए पछि तत्काल मानिस तथा सवारीसाधन आवतजावतको लागि निकै सास्ती बेहोर्नु परेको छ l बेलिब्रिज नबने सम्म जाली तथा हिम पाईपको माध्यमले सवारीसाधन आवतजावतलाई सजाह बनाउने भएको छ l यसको लागि व्यास नगरपालिकाको सहयोगमा निर्माण हुनेछ l निर्माण कार्यको लागि नेपाल आर्मीको प्राबिधिक टोलीलाइ जिम्मा दिइनेछ भने   प्राबिधिक टोलीले भोलि देखि काम सुचारु गर्ने भएको छ  l  निर्माण कार्यको काम दुई भित्र सकेर सवारीसाधन आवतजावतको लागि बाटो खुल्नेछ l  

यो पुलले दक्षिण भेगका व्यास र रिसिङ्ग गाउपालिकका  धेरै वडाका बासिन्दालाइ ठुलो सास्ती बेहोर्नु परेको हो l यसले गर्दा खाद्यान्न दुवानी समस्या परेको स्थानीयहरुको गुनासो समेत रहेको छ l पुल छिटो निर्माण होस् यसको लागि स्थानीय,प्रदेश तथा केद्रीय सरकारको पहल होस् स्थानीयको माग रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?