शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली : तनहुँको व्यास-५ वेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयले शिक्षक अभिभावकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका विद्यार्थी तथा शिक्षक विच छलफल तथा अन्तरक्रिया गरेको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा समग्र कक्षा १०को विद्यार्थीको अवस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकले गर्नुपर्ने कार्यवारे विद्यालयका प्र.अ रामदत्त पाैडेलले प्रकाश परेको थिए । साथै उनले अभिभावकहरुले सिकाइसंग संम्वन्धित सुझाव तथा आफ्नो तर्फवाट प्रतिवद्दता व्यक्त गरे  ।

व्यवस्थापन समिति अध्यक्ष उषा क्षेत्रीले विद्यार्थीको वास्तविक स्थिति थाहा पाएर आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको कुरा वताउदै विद्यार्थीको स्तर अनुसार सिकाईका तरिका फरक फरक हुने भएकोले विद्यार्थीले मूख्य ध्यान पढाईलाई दिनुपर्नेमा जोड दिए ।

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
पराशर माविमै अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कूल ४ वटा समूह सशभागि भएको उक्त प्रतियोगितामा अस्मिता श्रेष्ठको समूह (निलो सदन) प्रथम र मनिषा थापाको (हरियो सदन) द्दित्तिय स्थान हासिल गरेका छन्  ।

अतिरिक्त विभागको आयोजनामा संचालन भएको सो कार्यक्रममा विभिन्न विषयगत, समसमयिक, खेलकुद अडियो, भिडियो तथा विविध विषयसंग सम्वन्धित ५२ वटा प्रश्नहरु सोधिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?