काठमाडौं : पछिल्लो समयमा नेपालमा ई-सिमको चर्चा चलिरहेको छ । विश्वका केही देशमा यो प्रविधि प्रचलनमा आइसकेको छ । बजारमा ई-सिम सपोर्ट गर्ने फोनहरू पनि आइरहेका छन् ।
कम्पनी स्रोतका अनुसार आज बिहीबार बस्ने टेलिकमको बोर्ड बैठकमा ई-सिम कार्यान्वयनको विषयले प्रवेश पाउनेछ । बोर्डले पारित गरेसँगै औपचारिक रूपमा ई-सिम सञ्चालनमा आउने जनाइएको छ ।
आज हामीले बजारमा भएका कुन कुन फोनले ई-सिम सपोर्ट गर्छन् भन्ने विषयमा चर्चा गरेका छौँ ।
पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् ।
यी डिभासमा सपोर्ट गर्छ ई-सिम;
आईफोन
- iPhone XR
- iPhone XS
- iPhone XS Max
- iPhone 11
- iPhone 11 Pro
- iPhone SE 2 (2020)
- iPhone 12
- iPhone 12 Mini
- iPhone 12 Pro
- iPhone 12 Pro Max
- iPhone 13
- iPhone 13 Mini
- iPhone 13 Pro
- iPhone 13 Pro Max
- iPhone SE 3 (2022)
आईप्याड
- iPad Pro 11″ (model A2068, from 2020)
- iPad Pro 12.9″ (model A2069, from 2020)
- iPad Air (model A2123, from 2019)
- iPad (model A2198, from 2019)
- iPad Mini (model A2124, from 2019)
सामसङ
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 Ultra
- Samsung Galaxy S21
- Samsung Galaxy S21+ 5G
- Samsung Galaxy S21+ Ultra 5G
- Samsung Galaxy S22
- Samsung Galaxy S22+
- Samsung Galaxy S22 Ultra
- Samsung Galaxy Note 20
- Samsung Galaxy Note 20 Ultra 5G
- Samsung Galaxy Fold
- Samsung Galaxy Fold 3
- Samsung Galaxy Z Fold2 5G
- Samsung Galaxy Z Fold3 5G
- Samsung Galaxy Z Flip3 5G
- Samsung Galaxy Z Flip3 5G Fold
- Samsung Galaxy Z Flip
- Samsung Watch (via Samsung Wearable application)
गुगल फोन
- Google Pixel 2 (only phones bought with Google Fi service)
- Google Pixel 2 XL
- Google Pixel 3 XL
- Google Pixel 3a XL
- Google Pixel 4
- Google Pixel 4a
- Google Pixel 4 XL
- Google Pixel 5
- Google Pixel 5a
- Google Pixel 6
- Google pixel 6a
- Google Pixel 6 Pro.
ह्वावे फोनहरू
- Huawei P40
- Huawei P40 Pro
- Huawei Mate 40 Pro
ओप्पो
- Oppo Find X3 Pro
- Oppo Reno 5A
- Oppo Reno6 Pro 5G
- Oppo Find X5
- Oppo Find X5 Pro
- Oppo A55s
ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू
- Motorola Razr 2019
- Motorola Razr 5G
- Nuu Mobile X5
- Gemini PDA
- Rakuten Mini
- Rakuten Big-S
- Rakuten Big
- Sony Xperia 10 III Lite
Sony Xperia 1 IV - Surface Pro X
- Honor Magic 4 Pro
- Fairphone 4
अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।
- Microsoft Surface Pro X
- Microsoft Surface Go 2
- Microsoft Surface Pro LTE Advanced
- Acer Swift 3
- Acer Swift 7
- Asus Mini Transformer
- Asus NovaGo
- Asus VivoBook Flip 14
- HP Elitebook G5
- HP Probook G5
- HP Zbook G5
- HP Specter Folio 13
- Lenovo Yoga C630
- Lenovo Miix 630
- Lenovo Yoga 520
- Lenovo Flex 5G
- Samsung Galaxy Book 2
माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।
त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।
अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।
के हो ई-सिम ?
ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
टेकपाना









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?